मोक्तानलाई मोटरसाइकल र गौतमलाई स्कुटर उपहार

187
ad

काठमाडौँ, ११ मङ्सिर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले मोटरसाइकल जितेका छन् ।

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् ।

उक्त मलले आज उपहारको नतिजा प्रकाशन गरेको थियो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषले प्रथम पुरस्कार हात पारेका हुन् । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ ।

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गर्नुभएको छ ।

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रीय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गर्नुभयो ।

मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here