गोरखाको काशीगाउँमा निशुल्क मोतियाविन्दु शिविर, ४७ जना लाभान्वित

224
ad


गोरखा । धार्चे गाउँपालिका ६ काशीगाउँमा सञ्चालित चारदिने निशुल्क आँखा शिविरमा ४७ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ ।

वडा नं ६ को आयोजना, मञ्जु श्री माविको सहआयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको प्राविधिक सहयोग र मुटु फाउण्डेशन काठमाडौ र मनोज एसोसिएशन फ्रान्सको आर्थिक सहयोगमा मोतियाबिन्दूको निशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको हो ।

मंसीर चार गतेबाट सुरु भएको स्वास्थ्य शिविर ७ गते सम्पन्न भएको वडा अध्यक्ष धनकुमार घलेले बताए । उक्त शिविरमा कुल सात सय ७१ जना विरामीको आँखा चेकजाँच गरिएको थियो ।

शिविरमा काशीगाउँ, यार्सा, केरौजा, मान्बु, चामाखर्क र अजिरकोटका आँखाका बिरामी सहभागी भएका थिए । शिविरमा एक सय १२ जनालाई पावरवाला चस्मा पनि वितरण गरिएको मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले बताए । शिविरमा ९६ वर्षीय सार्की गुरुङको मोतियाबिन्दु अप्रेसन गरिएको उनले बताए ।

उनका अनुसार शिविरमा शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, स्थानीयहरुले सेवा लिएका थिए । यस क्षेत्रमा पहिलो पटक आँखा जाँच शिविर संचालन भएकाले धेरै संख्यामा स्थानीयहरु सेवा लिन आएको उनको भनाइ छ ।

वडा अध्यक्ष घलेको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बरिष्ठ नेत्ररोग विशेषज्ञ कमलबहादुर खड्काको नेतृत्वमा विशेषज्ञहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here