सर्वोच्च अदालत पीडितको पक्षमा उभिएको छ : सर्वेन्द्र खनाल

132
ad


काठमाडौँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले गुण्डा नाईके योगराज ढकाल (रिगल)लाई संविधान दिवसको अवसरमा दिएको आममाफी बदर गरेर सर्वोच्च अदालत पीडितको पक्षमा उभिएको बताउनुभएको छ ।

रिट निवेदक भारती मानन्धरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व महानिरीक्षक खनालले सर्वोच्चको फैसलाले कानुन ज्यूँदैछ भन्ने प्रमाणित गरेको बताउनुभयो । “जसको पहुँच छ, त्यसले न्याय पाउँछ’ भन्ने परिस्थिति निर्माण भइरहेको अवस्थामा भारतीले दिएको रिटमा सर्वोच्च अदालत पीडितको पक्षमा उभिएको छ, यो पीडितका लागि खुशीको कुरा हो,”– उहाँले भन्नुभयो ।

उहाँले राज्यको अभिभावकको रूपमा रहनुपर्ने सरकार र संवैधानिक निकाय (राष्ट्रपति) संविधानको मर्मबाट चुकेको बताउनुभयो । “संवैधानिक रूपमा स्पष्ट छ, नरसंहार भएका विषय, अमानवीय रुपले क्रुर हत्या भएका विषयहरुमा कुनै पनि आममाफी हुनेछैन भन्ने संवैधानिक प्रावधान रहेको छ, त्यसको मर्म पनि त्यही हो,”– उहाँले भन्नुभयो ।

नेपालमा लोकतान्त्रिक अभ्यासको सिलसिलामा सर्वोच्चले दिएको निर्णय स्वागतयोग्य र गौरव गर्नलायक रहेको उहाँको भनाई थिया । सर्वोच्चको उक्त फैसला नेपालका लागि मात्रै नभएर द्वन्द्वको स्थिति सामना गरिरहेका अन्य देशहरुकालाई नजीर हुने खनालले बताउनुभयो ।

रिट निवेदक मानन्धरले सर्वोच्चको फैसलाले आफूलाई थप साहस मिलेको बताउनुभयो । उहाँले सिङ्गो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिनुभयो । फैसलापछि आफूलाई आँट र हिम्मत मिलेको उहाँको भनाई छ । उहाँले अन्यायमा परेका आम पीडितलाई न्यायका लागि लड्न आग्रह समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here