काठमाडौको फोहोरले मेयरलाइ गिज्जाइ रहेको छ

                                        पुरुषोत्तम घोरासैनी बालाजु १६ ,काठमाडौ
माहानगरपालिकाका मेयर बिधा सुन्दर शाक्यको पहिलो प्रतिबद्धता शहरलाइ सफा ,स्वच्छ र हरियाली बनाउने थियो ।तर उनी मेयरमा निर्वाचित भएको डेड बर्ष बितिसक्दा पनि काठमाडौ उपत्यकाको फोहोर चोक चोक र गल्ली गल्लीमा देख्न सकिन्छ ।वास्तवमै भन्ने हो भने काठमाडौको फोहोरले मेयरलाइ गिज्जाइ रहेको छ भन्दा फरक नपर्ला ।फोहोरको ब्यबस्थापन भनेको चुनौतीपूर्ण काम हो ।यही चुनौतीपूर्ण कामले नै मान्छेलाई आफ्नो क्षमता र दक्षता प्रदर्शन गर्ने अवसर दिन्छ ।अहिलेको समयमा मेयरले आफ्नो अबसरलाइ उपयोग गर्न चुकेका
छन भन्दा फरक पर्दैन ।जाने मोहोर नजाने फोहोर भन्ने
उक्ति त्यतिकै प्रचलनमा आएको होइन ।काठमाडौ उपत्यकाको फोहोरलाई प्रगारिक मलको रुपमा प्रयोग गर्न सकिए बर्सेनि अर्बौं रुपैयाँ मल खरिदको नाममा बिदेश जादैनथ्यो ।स्वदेशमै मल कारखाना खोलेर युवाहरुलाइ रोजगारी दिन सकिन्थ्यो ।कृषि उत्पादनमा वृद्धि ल्याउन सकिन्थ्यो ।रासायनिक मल रहित खेतीको बिकास गर्न सकिन्थ्यो ।हामीले फाल्ने फ़ोहोरलाई कुहिने र नकुहिने गरि अलग अलग गर्न सकिएमा कुहिने बस्तुको मल हुन्थ्यो भने नकुहिने बस्तुलाइ रिसाइकल गरेर भाडाकुडा लगाएतका सामग्री बनाउन सकिन्थ्यो ।मलको माग बड्दै जादा फोहोर काह लाने र कसरी खन्याउने भन्ने समस्या नै हुदैन्थ्यो ।त्यसकारण राम्रो आमदानीको स्रोत भएको फोहरलाइ उपयोगमा ल्याउन मेयरले समय छदै पाइला अगाडि नसार्ने हो भने काठमाडौ उपत्यकामा फोहोरले माहामारिको रुप नलेला भन्न सकिन्न।तसर्थ कार्य योजना सहित दृढ लक्ष्यका साथ अघि बडेमा काठमाडौ उपत्यकाको फोहोर लाई मोहोरमा बदलेर आमदानीमा वृद्धि गर्दै दीर्घकालीन फोहोर ब्यबस्थापन गर्न सकिन्छ भन्नेमा दुइमत छैन ।

Leave a Reply

Your email address will not be published.