नेप्सेमा ३३.२० अंकको गिरावट

100
ad

काठमाडौं । सेयर बजारमा भारी गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने चर्चाले केही दिन उतारचढाव देखिए पनि राष्ट्र बैंकले उक्त निर्णय गर्न ढिलाइ गर्दा नेप्सेमा उच्च गिरावट भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा अर्थमन्त्री, गभर्नर सहित उपस्थितिमा कार्यक्रम आयोजना गर्दैछ । तर, त्यसको अघिल्लो दिन आइतबार भने सेयर बजारमा उच्च गिरावट भएको हो ।

आइतबार सबै उपसूचकहरु पनि घटेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.३२ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक २.१७ प्रतिशले गिरावट भएको छ । यस्तै बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.०७ प्रतिशतले गिरावट भएको हो ।

नेप्सेमा उच्च गिरावट हुँदा कारोबार रकम २ अर्बको नजिक पुगेको छ । आइतबार ८२ हजार ८०० वटा कारोबारमा ६७ लाख २३ हजार ४०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ८३ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये सिटिजन्स लाइफको सर्वाधिक १४ करोड ७४ लाखको कारोबार भएको छ ।

क्गशगपष् म्बकजबष्ल इााभच

नेप्सेमा सूचीकृत भएर आइतबार कारोबार सुरु भएको सिटिजन्स लाइफमा आईपीओ परेका लगानीकर्ताको सेयर बिक्रीको चाप देखिएको हो । यस्तै एनआईसी एशिया बैंकको ९ करोड ३६ लाख र सन् नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २२० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा २ कम्पनीका सेयरमूलय स्थिर छ ।

आइतबार कारोबार भएकामध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मम सर्किट मूल्यमा बन्द हुँदा पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशत र कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ६.०५ प्रतिशतले बढेको छ ।

यता सनराइज म्युचुअल फण्डको इकाइमूल्य सहित अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरीङ हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

त्यस्तै मेन्छियाम हाइड्रोपावर कम्पनीका सेयरमूल्य पनि ९.९७ प्रतिशतले गिरावट भएर बन्द भएको छ ।

नेप्सेमा सूचीकृत भई आइतबार प्रि-ओपन सेसनमा ५०८ रुपैयाँमा पहिलो कारोबार भएको सिटिजन्स लाइफमा पहिलो दिन नै नकारात्मक सर्किट लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here