सुनजस्तो देखिने चार किलो पहेँलो धातुसहित पाँचजना पक्राउ

183
ad

काठमाडौं । दोलखामा सुन जस्तो देखिने पहेँलो धातु चार किलोसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् ।

विगुु गाउँपालिका–३, जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखा र इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशरबहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरिएको जनाइएको छ ।

घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरिङ र सुनमालालाई भीमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटेलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट आठ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here