एमाले बागमती प्रदेश अधिवेशन स् अझै सुरू हुन सकेन मतदान

106
ad

काठमाडौं। नेकपा ९एमाले०को बागमती प्रदेशको नयाँ नेत्तृत्वका लागि हुन लागेको मतदान निर्धारित समयमा नहुने भएको छ । बिहीवार बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका रहेपनि अझै सुरू हुन नसक्दा अनिश्चित बनेको छ ।

एमाले नेता शेरबहादुर तामाङका अनुसार अब निर्वाचन दिउँसो १ बजेबाट शुरू हुने सम्भावना रहेको छ। ‘निर्धारित समय बिहान ८ बजेबाट निर्वाचन नहुने भयो । प्राविधिक काम रातभरमा पनि सकिएन । अब मतदान दिउँसो १ बजेबाट शुरू हुन्छ होला,’ उनले भने ।

एमाले बागमती प्रदेशको नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेको उम्मेदवारी परेको हो ।

यीमध्ये दाहाल र ढुंगेलबीच तीव्र मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । दुवैजना अध्यक्ष केपी शर्मा ओलीकै समूहको भए पनि दाहाललाई गोकुल बाँस्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेतले बोकेको बताइन्छ।

उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, इश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, राजेन्द्र राजथला र नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ।

सचिवमा राजकुमार अधिकारी, रत्ना गुरुङ, हस्त पण्डित र नवराज सिलवालको उम्मेदवारी परेको छ ।

उपसचिवमा रिता गौतम ढकाल, डबल पाण्डे, राजेन्द्र श्रेष्ठ, टासी लामा, प्रेमबहादुर महर्जन, रमेश महर्जन, ओमराज पन्त, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र भक्तकुमारी लामाले उम्मेदवारी दर्ता गराएका छन्।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here