सुनचाँदीको मूल्य घट्यो

166
ad

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार उक्त सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here