सर्लाहीमा आशिंकरुपमा कर्फ्यु हट्यो

223
ad

सर्लाही । सर्लाहीको मलङ्वामा विगत पाँच दिनदेखि जारी अनिश्चितकालीन कर्फ्यु आंशिक रूपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बसेको सर्वदलीय बैठकले राति मात्र कर्फ्यु कायम राख्ने र दिन लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कृष्ण जन्माष्टमी र गणेश चतुर्दशीमा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवाद हुँदा ठाउँ ठाउँमा झडप भएको थियो । सो झडपका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here