काठमाडौँ विमानस्थलमा खादा र माला लगाएर जहाज चढ्न प्रतिबन्ध !

0
96
adCustom Text

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुले अब खादा र माला लगाउन नपाउने भएका छन् । बाहिरको ट्याक्सी स्ट्यान्ड तथा विदाई गर्ने स्थानसम्म लगाउने पाउने भए पनि सुरक्षा चेक जाँच र टिकट जाँच तर्फ जाँदा भने खादा र फुलको मालामा प्रतिबन्ध लगाईएको बताईएको छ।

आज बिहिबार साँझ विमानस्थल प्रशासनले यसबारे माइकिङ पनि गरेको छ । खादा र माला लगाएर आएका यात्रुलाई खादा र माला फुकालेर आफ्नो झोला भित्र हाल्न आग्रह गरिरहेको दृश्य बिहिबार साँझ देखिएको थियो। 

आफन्त विदाई गर्न आएका एक जनाले भने ‘आज खादा माला लगाएर भित्र जान नपाउने भन्दै माइकिङ गरिरहेको रहेछ, किन यस्तो गरेको थाहा भएन’।’ विदाई गर्दा लगाईएको खादा माला भित्र जानु अगाडी निकाल्नु पर्ने भएपछि आफन्तहरुले अशन्तुष्टी व्यक्त गरेका छन् ।

Custom Text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here