रोकिराखेको ट्रकमा बस ठोकिँदा बाँकेमा ७ जनाको मृत्यु

199
ad

बाँके,२३ भाद्र । रोकिराखेको ट्रकमा बस ठोकिँदा बाँकेमा सातजनाको मृत्यु भएको छ । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक गोविन्द भनिने जुगबहादुर चन्द शाही, कस्तुरी थापा, काशीराम थारू, रूपा परियार, जयन्त थारू र चानुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । बर्दिया बर्दिया ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिबाट उक्त गाडी दाङको थारु संग्रहालयमा भ्रमणमा गएको थियो ।

‘पूर्वबाट पश्चिम जाँदै गरेको ना८ख ६४०५ नम्बरको ट्रक बिग्रिएर सडकमा रोकिएको ट्रकमा भ्रमणबाट फर्किँदै गरेको गाडी सोही ट्रकमा ठोकिँदा दुर्घटना भयको हो ।’ उच्च गति भएको कारण दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परि घाइते भएका चारजनाको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुईजना उपचारपछि डिस्चार्ज भएका छन् । नौजनाको अवस्था सामान्य भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here