इन्धनको मूल्य बढ्यो, ग्यास प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि

139
ad

काठमाडौं । नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको छ।  पेट्रोलमा लिटरको ४ रुपैयाँ र डिजलमा ३ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ। ग्यासको मूल्य २३५ रुपैयाँले बढेको छ। यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको जनाएको छ । 

नयाँ मूल्यअनुसार अब पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको छ ।  त्यसैगरी डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

त्यस्तै, एलपी ग्यासको पनि प्रतिसिलिण्डर १, ६६० रुपैयाँबाट बढेर १, ८९५ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा क्रमश: ३ रुपैयाँ १७ पैसा र २ रुपैयाँ ४८ पैसाले बढेर आएको थियो । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here