बुटवलका औषधी व्यवसायी ढकाल ४ दिनदेखि हराए

139
ad

बुटवलका औषधी व्यवसायी गंगा ढकाल गएको ४ दिनदेखि बेपत्ता भएका छन् । लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिबार अपरान्ह घरबाट हिँडेपछि बेपत्ता भएको पारिवारीक श्रोतले जनाएको छ । पारिवारीक श्रोतका अनुसार ढकाल शनिबार सांझ चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ । आईतबार बिहान चितवनकै एक कुरीयर मार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएका थिए ।

पारिवारीक श्रोतका अनुसार मोबाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथि देखिएका थिए । त्यसपछि उनको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आईतबार सांझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भई रहेको बताए ।

पुलमा रहेका २ जना युवतीहरुले एकजना पुरुष पुलबाट हाम फालेको भनेर गैडाकोट प्रहरीलाई सुचना दिएका रहेछन् उनीहरुले दिएको सुचनाका आधारमा सिसिटीभी फुटेज हेर्दा नारायणगढ तर्फबाट गएका एक पुरुष नदिमा हाम फालेको देखिएको थियो ।

प्रहरी उपरिक्षक कार्कीले भने । नदिमा हाम फाल्ने ब्यक्ति ढकाल नै हुन भन्ने प्रमाणित नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए । “हामी आईतबार सांझदेखि शसस्त्र प्रहरी र गोताखोरसहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् ।” कार्कीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here