आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

119
ad

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ । यसका साथै नेपालमा हाल भारतको उत्तरप्रदेश, मध्यप्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here