अपाङ्ग सरोकार केन्द्र अति नै दयनिय अवस्थामा

212
ad

भोको पेटलाई एक छाक पेटभरी खानदिनु र नागो शरिरलाई एक सरो कपडाले ढाकि दिनु भने जस्तै हाल अतिनै दयनिय अवस्थामा रहेको अपाङ्ग सरोकार केन्द्रमा पुर्व कर्मचारी मञ्चले समय समयमा खाना खुवाएर धेरै सहयोग पुर्याएको छ ।

काठमाण्डौं महानगर पालिका बालाजु माछापोखरी १६ बसन्तनगरमा रहेको अपाङ्ग सरोकार केन्द्रमा रहेका अपाङ्ग र असक्त दाजु–भाई तथा दिदिबहिनीहरुलाई पुर्व कर्मचारी मञ्चले खाना खुवाउने कार्य गरेको हो ।बिगतका दिनहरुमा पनि पुर्व कर्मचारी मञ्चद्धारा यस सरोकार केन्द्रमा समय समयमा खाना खुवाउने र खाध्यन बितरण गर्ने जस्ता कार्य गदै आएको छ ।

अपाङ्ग सरोकार केन्द्र हाल अति नै दयनिय अवस्थामा रहेको देखिन्छ । यहा नियमित खाने खानाको समेत समस्या भएको अवस्थामा हाल कोही बिरामी अवस्थामा छन भने उनीहरुको उपचारको लागि पनि समस्या नै देखिन्छ । बिहान बेलुकाको छाक टार्न समेत धेरै कठिनाई भएको अवस्थामा यस सरोकार केन्द्र रहेको जग्गाको भाडा तिर्ने विषय झन थप समस्या रहेको कुरा यस केन्द्रका अध्यक्ष बताउनु हुन्छ ।

अपाङ्ग सरोकार केन्द्रमा हाल ६० जना असक्त व्यक्तिहरु रहदै आएका छन । तर हाल सम्म कुनै पनि सरकारी निकायले उनीहरु माथी ध्यान दिएको देखिदैन ।

यसकारण देश तथा विदेशमा रहनु हुने नेपालीदाजुभाई तथा दिदिबहिहरु समक्ष सस्थाका सचिवले सहयोगको अपिल गरेका छन ।

अपाङ्ग, असक्त र भोको पेटलाई एक छाक पेटभरी खुवाउनु मानवताको धर्म हो,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here