रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा: ६६ वटा बाकस सुनको भएको आशंका

118
ad

रेडी ट्रेडर्सको सोह्रखुट्टेस्थित गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागको टोलीले बुधबार साँझ छापा मारेको हो । छापा मार्दा ६६ कार्टुन ‘ब्रेक शु’ र दुई वटा सुटकेस बरामद बताइएको छ ।

विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सामग्रीमा के छ भन्ने यकिन भएको छैन । विभागले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा चिनियाँ नागरिक जीक्वाङ लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

विभागले साउन ४ गते बालुवाटारस्थित गोदाममामा छापा मारेको थियो । हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here