मुग्लिन–नारायणघाट सडक खण्ड अझै अवरुद्ध छ। मुग्लिन नजिकैको तुइन खोलामा हिजो साँझदेखि निरन्तर पहिरो खसेपछि रातभरि सवारीसाधन आवागमन ठप्प भएको हो।
सडक डिभिजन चितवनका अनुसार पहिरो झर्ने क्रम अझै रोकिने संकेत नदेखिएकोले तत्काल सडक सञ्चालन सम्भव भएको छैन। यात्रु सुरक्षालाई ध्यानमा राख्दै पहिरो पूर्णरूपमा रोकिएपछि मात्रै सडक खोल्ने तयारी गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
















