नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भदौ २४ गते निवासमा आन्दोलनकारीले धारिलो हतियारले आक्रमण गर्दा घाइते भएका देउवाको गर्धनमा १२ वटा टाँका लगाइएको जानकारी दिए ।
धारिलो वस्तुले आक्रमण गर्दा उहाँको गर्धनमाथि १२ वटा टाँका लगाइएको थियो,’ विश्वकर्माले भने, ‘उहाँको घाउ निको हुँदै गएको छ । उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ । पार्टीका नेतासँग कुराकानी गर्न थाल्नुभएको छ । छलफलमा भएकोले उहाँ सार्वजनिक भएजस्तै अवस्थामा हुनुहुन्छ ।’
देउवासँगै उनकी पत्नी आरजु राणा देउवाको पनि स्वास्थ्यमा सुधार भइरहेको विश्वकर्माले जानकारी दिए ।
जेनजी आन्दोलन भड्किँदा गत भदौ २४ गते निवासमै पुगेर आन्दोलनकारीले देउवामाथि आक्रमण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















