आज राष्ट्रिय बाल दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रमका् आयोजना गरि मनाइदै छ । यस वर्षको बालदिवसको नारा “बालमैत्री शासन : बालअधिकारको सम्मान” रहेको छ ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालय, बालक्लले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०४८, बालबालिका सम्बन्धी महासन्धी १९८९ यस अन्तर्गत बनेका प्रोटोकल र अन्तर्रा्ष्ट्रिय सन्धी सम्झौताको आधारमा बालबालिका सवालहरूलाई बाल बचाउ, बाल संरक्षण, बालबिकास र बाल सहभागिता समेतको आधारमा व्यापक दायारामा समेटी नेपालको संविधान (२०७२) ले बालबालिका सम्बन्धी ऐन नियमहरू, राष्ट्रिय नीति आवधिक एवं वार्षिक योजना र कार्यक्रम तथा संस्थागत व्यवस्था भित्र समावेश गरी स्थानीय तहबाटै कार्यान्वयन अगाडी बढाइएको छ ।

हरेक वर्ष बालबालिकाको सम्मानका लागि बालदिवस मनाइने गर्दछ । तर त्यो नारामा मात्र सिमित छ ।  बालबालिकाको संरक्षण र विकासको विषयलाई विश्वका सबैजसो राष्ट्रहरूले आफ्नो अवस्था, परम्परा, सांस्कृतिक मूल्य मान्यता र आर्थिक सामाजिक परिवेश अनुरुप राष्ट्रिय कानूनमा समावेश गरी कार्यान्वयन गर्दै आएका छन् । दिवसको अवसरमा धादिङको विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.