अन्तरिम व्यवस्था निर्देशिका पारित

काठमाडौं ।  नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०(५) […]

छहरे टोखाको बाटोमा काङ्ग्रेस सरकारको भर नपर्ने- प्रकाशशरण महतको नेतृत्वमा श्रमदान

निराजन बजगाई नुवाकोट – नेपाली काङ्ग्रेस नुवाकोटका नेता एवम सहमहामन्त्री प्रकाशशरण महतको आतिथ्यतामा बृहत श्रमदान अभियानको सुरुवात गर्न लागिएको हो । कार्यक्रमको शुभारम्भ साउन २५ गते शनिवार बिहान ७ बजेदेखी हुने र महतले श्रमदानको साबेलले खनेर उद्घाटन गर्ने वताईएको छ । नुवाकोट काङ्ग्रेसको साबिक १ र २ नंवर क्षेत्रीय कार्यसमितीको आयोजनामा हुने उक्त कार्यक्रमको ब्यबस्थापन भने […]

कांग्रेसले भन्यो – नेकपा देखेर दया लाग्यो

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पत्रकार सम्मेलन गरेर सत्तारुढ नेकपाले आफ्नो दललाई हेर्ने दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका हुन् ।  नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने भन्दै उनले नेकपाको कांग्रेसप्रतिको दृष्टिमा दोष रहेको बताए […]

तपाईको आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वृष राशि (इ, […]

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् । उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान […]

पार्टीले कारबाही गरेका र भगौडाहरूसंग सतर्क रहन अपिल:विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म सञ्चालन हुने आर्थिक अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल समेत गरेका छन । प्रवक्ता प्रकाण्डले आर्थिक […]

प्रतिनिधिसभामा विपक्षीको अवरोध जारी, कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाका सांसदहरुले अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित गरेका छन् । सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै कांग्रेस र राजपाका सांसदरुले बैठक अवरुद्ध गरेका थिए । सर्लाही घटनाबारे छानबिन गर्न […]

मैले शेरबहादुरजीको राजीनमा मागेको होइन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले गत निर्वाचनमा पार्टी पराजित भएपछि आफूले सभापति शेरबहादुर देउवाको राजीनामा नमागेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेलले सभापतिलाई हारको नैतिक जिम्मेबारी लिनमात्रै भनेको बताएका हुन् ।  “मैले शेरबहादुरजीको राजीनमा मागेको होइन । राजीनामा अरुले मागेका हुन्, मलाई नचाहिने आरोप लगाइरहने ?,’ संस्थापन […]

निर्मला हत्याकाण्डः तरुण दलले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापालाई निर्मला हत्याकाण्डका बारेमा दिएको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग […]

‘भारतसँग कुरा गरेर बाढीको स्थायी समाधान खोजौं’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने […]