सारुक प्रकरणबारे नयाँ तथ्यः मसानघाटमा बोका काटेर बुटी बाँधिएको थियो !

182
ad

अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको आज १० औं दिन पुगेको छ । उनले आत्महत्या किन गरे भन्ने कारण अझैसम्म पत्ता लागेको छैन । तर उनले न्याय पाउनुपर्ने भन्दै कलाकारहरुले आवाज उठाइरहेका छन् । यही बीचमा उनीसँग जोडिएका नयाँ नयाँ तथ्यको खुलासा भइरहेको छ ।

सारुक पछिल्लोपटक फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा व्यस्त थिए । अघिल्लो बिहीबार बिहान ५ बजेसम्म उनी हात्तीगौडास्थित सुटिङस्थलमा छायांकनमा व्यस्त थिए । सुटिङ प्याकअप भएपछि उनी ६ बजेतिर बुढानिलकण्ठस्थित सुटिङ युनिट बस्ने घरतिर गएका थिए ।

सुटिङका क्रममा केही विवाद निस्किएपछि त्यसको छलफलपछि उनी लगभग १२(१ बजेतिर रातोपुलस्थित घर निस्किएका थिए । त्यही दिन बेलुका उनले आत्महत्या गरेका हुन् । तर यो फिल्म छायांकन हुनु अघि नै उनी र अभिनेत्री नम्रता श्रेष्ठले दोलालघाटमा राती मसान जगाएर बुटी लगाइएको नयाँ तथ्य सार्वजनिक भएको छ ।

मेरो फिल्म डटकम अनलाईनमा प्रकाशित समाचारलाई मान्ने हो भने त्यसदिन पाँच सदस्यसहितको टोली दोलालघाट पुगेको थियो । उनीहरु दोलालघाटमा मध्यरातमा २० केजीको कालो बोका काटेर बुटी लगाएका थिए भनिएको छ । उक्त टोलीमा साथमै रहेका गाडी चालकलाई बीच बाटैबाट फर्काइएको र फिल्मका निर्देशक राजीव गुरुङलाई दोलालघाट स्थित कै एक होटलमा बस्नु भनिएको र नम्रता, सारुक, योगा गुरु, नम्रताकी दिदी र एक पुजारीका साथ मसानघाट गएका थिए ।

पुजारीले फिल्म ‘ह्यासट्याग’का निर्देशकलाई ‘तपाईं पहिलो पटक मसानघाट जानुहुँदैछ । तपाईंलाई डर लाग्नसक्छ । तपाईं होटलमै बस्नुहोस् । हामी पुजा सकेर आउँछौं’ भनेका थिए । उक्त पुजामा सारुक र नम्रताले बुटि बाँधेका थिए भने उनीहरुले साथमै ल्याएको बुटी निर्देशकलाई पनि बाँध्न दिएका थिए ।

साथै काटिएको बोकाको मासु होटलमा ल्याई छ जना सदस्यले त्यस रातै मिलेर खाएको स्रोतले बतायो । यो कुरालाई सारुकका बाबु सानु ताम्राकारले पनि पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘मेरो छोराले कहिल्यै कुनै धातु लगाउदैन थियो । तर पछिल्लो समय कालो डोरीले बाँधिएको चाँदीजस्तो सेतो धातुको वस्तु आफ्नो घाटीमा लगाएको देखेंको थिएँ ।’

त्यस कुरालाई उनले आत्महत्या गरेको दिनमा जोड्दा उनले आत्महत्या गर्नुअघि उक्त धातु झ्यालको छेउमा राखेका थिए ।

स्रोतको भनाई अनुसार उक्त बुटी निर्देशक, नम्रता र सारुकबीच निकटता बनाई राख्न बाँधिएको हुनसक्ने बताउँछ । सुटिङका क्रममा नम्रता, सारुक र निर्देशक धेरै मिल्ने गरेको सुटिङ युनिटका सदस्यहरुले आफू निकटस्थलाईँ बताउने गरकोे स्रोतको दाबी छ ।

सारुकको आत्महत्यापछि नम्रताले सारुकको घर पुग्दा नम्रताले बाबा९पुजारी०लाई फोन गर्न लगाएको समेत स्रोत बताउँछ ।

यस घटनामा प्रहरीले सारुकको मोबाइल केन्द्रीत अनुसन्धान मात्र गरिरहेको छ । यी कुराहरुको विषयमा अध्ययन भने प्रहरीलाई ठोस प्रमाण र पारिवारिक उजुरी नपरेकोले थप अनुसन्धानतिर अगाडि बढ्न समस्या उत्पन्न भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here