नेपाली जनसम्पर्क समिति कोरीयाद्धारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

175
ad

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितको राहात, उद्धार तथा पुनःस्थापनाका लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाले आर्थिक सहयोग प्रदान गरेको छ।

समितिले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरमार्फत २ लाख २१ हजार ७ सय पाँच रुपैयाँ सहयोग गरेको हो ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाका वर्तमान इन्छन कार्य समिति क्षेत्र नम्बर ३ का सभापति राम कुमार गौतमले आज एक कार्यक्रमका बीच २ लाख २१ हजार ७ सय पाँच रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन।

उक्त रकम नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाका उपसभापति जितेन्द्र महता,महामन्त्री मित्रवन्धु काफ्ले सहमहामन्त्री फर्सु पौडेल र क्षत्रिय सभापति दिपक विश्वकर्माको नेतृत्वमा १०१ जनाबाट सहयोग संकलन गरिएको थियो।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल,नेपाली जनसम्पर्क समिति दक्षिण कोरीयाका पुर्व सल्लाहकार तथा पत्रकार महासंघका निर्वमान अध्यक्ष रञ्जन राज कुवँर,पुर्व समन्वय विभाग प्रमुख राजेन्द्र श्रेष्ठ,पुर्व क्षेत्रिय सभापति अमृत गिरी,कियाशिल सदस्य अशिष लामा र नेविसंघका नेता शिव कोइरालाको समेत उपस्थिती रहेको थियो।कार्तिक १७ गते, शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प भएको थियो ।

उक्त भुकम्पाबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति समितिले गहिरो दुःख समेत व्यक्त गरेको छ ।

नेपाली जनसम्पर्क समिति कोरीयाले आफ्नो स्थापना कालदेखि नै कोरीयामा रहेका पीडित नेपाली श्रमिकको उद्दार गर्ने मात्र नभैइ नेपालमा आईपर्ने बिपत्तको बेलामा समेत सक्दो आर्थिक , भौतिक सहयोग गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here