कोशी सरकारबाट एमाले बाहिरिने

146
ad

काठमाडौँ — एमाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए । ‘हामीलाई कुनै जानकारी गराएको छैन न त कुनै सरसल्लाह नै छ,’ कार्कीले भने, ‘केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा हामी हिजो पनि थिएन, आज पनि छैनौं र भोलि पनि हुँदैनौं । यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौं ।’

रकारमा एमालेका रामबहादुर राना मन्त्री रहेका छन् । यसअघि नै एमालेले कांग्रेस बाहेक अन्य दलहरुलाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो । मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका गणेशप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् ।

एमाले ३० र कांग्रेसमा ८ सांसदहरुको समर्थनमा केदार कार्की असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले यसअघि कांग्रेसका शम्शेर राईलाई पनि मन्त्री बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here