मकाऊमाँ पासपोर्ट बनाईदीने भन्दै ठगी

2642
ad

मकाउ, नेपाल सरकारको आधिकारिक कन्सुलर सेवा नभएको चिनको विशेष प्रशासकीय क्षेत्र मकाउमा नेपालि कामदारलाइ सरकारि सेवा सुविधा तथा राहदानि नविकरणको भद्रगोल तथ्य बाहिर आएको छ । व्यक्तिगत चिनजान तथा प्रभावको आधारमा विभिन्न व्यक्ति तथा समुह पासपोर्ट बनाइदिने भन्दै पैसा सङ्कलन गरेको गल्लि गल्लिमा भेटेको तथ्य बाहिर आएको छ । विगत लामो समय देखि मकाउमा रहेका लमजुङ घर भइ हाल सेक्युरिटि कम्पनिमा कार्यरत पुर्ण गुरुङ भन्ने व्यक्तिले पासपोर्ट बनाइदिने भन्दै पैसा उठाउने,अनावश्यक कागजपत्र माग्ने तथा समयमा कन्सुलर समक्ष डकुमेन्ट नपुर्याएर जागरि नै त्याग्न पर्ने स्थितिको सिर्जना गरेका छन ।

मकाउमा बसेर अवैधानिक हुन्डि कारोबारमा समेत सङ्लग्न रहेका गुरुङ लामो समयदेखि पासपोर्टको बिचौलियाको काम गर्दै आइरहेका छन । विगतमा पनि यस्ता घटना आइरहे पनि शक्ति र प्रभावको आधारमा बच्दै आइरहेका गुरुङ पछिल्लो समय कतिपय नेपालिलाइ पासपोर्ट बिहिन बनाइ रोजगारि नै गुमाउने अवस्थामा पुगेपछि तथ्यहरु बाहिर आएका हुन ।

मकाउमा कर्यरत नाम खुलाउन नचाहने एक व्यक्तिले समयमा डकुमेन्ट र पैसा बुझाएपनि पुर्ण गुरुङकै कारण पासपोर्ट नबनेको कारण रोजगारि गुमाइ घर फर्कन लागेको तितो यथार्थ बताउछन,जसबाट पनि थप प्रष्ट हुन्छ कि राहदानिको जस्तो महत्वपुर्ण कुरामा गुरुङ जस्तो बिचौलियाको कारण अझ कति नेपालीले पिडा भोगीरहेको तर बाहिर नआएको ऊनी बताऊछन ।

यस विषयमा हङकङ महावाणिज्यदूत जानकार रहेपनि कन्सुलर समक्ष सम्पुर्ण कागजात उपलब्ध नगराएसम्म नयाँ पासपोर्ट जारि गर्न नसक्ने बताउछन ।
साथै यस्ता गिरोह बाट बच्न र महावाणिज्यदूत बाट तोकिएको आधिकारिक सस्था एनआरएन मकाउको कार्यलयबाट मात्र पासपोर्ट सम्बन्धि कामकारबाहि हुने जानकारि गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here