नाट्टामा ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा रक्तदान

208
ad


काठमाडौँ । ट्राभल एण्ड टुर व्यवसायीहरुको छाता संस्था नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा रक्तदान तथा दन्त परिक्षण गरिएको छ ।

नाट्टाले ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा सोमबार केन्द्रीय कार्यालय नक्सालमा रक्तदान तथा दन्तशिविर सञ्चालन गरेको हो । उक्त रक्तदानमा २६ जनाले रक्तदान गरेको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

विगत चार दशकदेखि नेपालको ट्राभल र टुर क्षेत्रमा कार्यरत नाट्टाले ‘वी केयर हेल्थ सेन्टर’सँगको सहकार्यमा निशुल्क दन्त परिक्षणसमेत गरेको थियो । उक्त दन्तपरिक्षणमा ५० जनाको सहभागीता रहेको अध्यक्ष थापाले बताउनुभयो ।

नाट्टाले विगतका वर्षहरुमा पनि स्थापना दिवस र पर्यटन दिवसको अवसर पारेर रक्तदान तथा खेलकुद प्रतियोगिता गर्दै आएको थियो । नाट्टाले यसवर्ष कार्यालयमा गरेको रक्तदान कार्यक्रम १२ औँ कार्यक्रम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here