महासंघद्धारा सहुलियत प्याकेज घोषणा गर्न सरकार समक्ष आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार बसेको कार्यसमितिको बैंठकले व्यवसायी उद्योगीहरुले बैंकलाई तिर्नु पर्ने व्याज तीन महिना थप गर्न आग्रह गरेको छ । विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरसको कारण व्यापार व्यवसायमा ठूलो क्षति भएको बताउँदै महासंघले उद्योगी व्यवसायीले बैंकबाट लिएको ऋणको सावा व्याज तीन महिना थप गर्न सरकारलाई आग्रह गरेको हो । महासंघका […]

चार दिनसम्म देशका अधिकांश स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि मुसलधारे (भारी)वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा  पानी पर्ने प्रणाली उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उक्त न्यून चापीय प्रणाली चाररपाँच दिनसम्म रहन सक्ने […]

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शंकास्पद बस्तु विस्फोट भएको छ ।   शुक्रबार साँझ साढे ७ बजेतिर ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ । विस्फोटपछि कारमा आगलागी हुन पुगेको […]

२०७६ सालको आधिकारीक पात्रो :कति विदा हेर्नुहोस

काठमाडौ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको आधिकारीक पात्रो सार्वजनिक गरेको छ । समितिको केही दिनदेखि बसेको बैठकले पात्रो तयार गरेको हो । पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ । पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते […]

सुखी नेपाली, समृद्ध नेपालका लागि महिलाहरूको जीवनस्तरमा परिवर्तन जरुरी – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त व्यक्त गरेका छन् । उनले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेका […]

सरकारप्रति नेकपा अध्यक्ष दाहाल निराश

काठमाडौं – नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन्  पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा  बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष दाहालले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिएका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्षमात्र बिते […]

आजको राशिफल वि.सं.२०७५ साल फाल्गुन २१ गते ।

आजको राशिफल वि.सं.२०७५ साल फाल्गुन २१ गते । मंगलबार । ईश्वी सन् २०१९ मार्च ०५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि चतुर्दशी,३० घडी ५३ पला,बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त औषी । नक्षत्र धनिष्ठा,२२ घडी ०२ पला,दिउसो ०३ बजेर […]

विश्वप्रकाशले भने – देशले सुयोग्य नेता गुमायो

काठमाडौं –कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बताएका छन् । अधिकारीसहित हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेका प्रवक्ता शर्माले देशले भविष्यको सुयोग्य नेता गुमाएको बताए । ‘व्यक्तिगत रूपमा मैले एक असल साथी, घनिष्ट साथी गुमाएको छु,’ प्रवक्ता शर्माले भने, ‘देशले […]

मन्त्री अधिकारीप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण, टुँडिखेलमा सर्वसाधारणको घुइँचो

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जली दिन टुँडिखेलमा सर्वसाधारणको घुइँचो लागेको छ। त्रिवि शिक्षण अस्पतालबाट शव ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो। श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक […]

पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु नाम सहित

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो ।संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो । ‘घटनास्थलमा सबै सातजनाको […]