दुई तिहाइको सरकार असफल पार्न डा. केसीको अनसन’

३२ असार, बुटवल । प्रदेशसभा ५ को बैठकमा डा. गोविन्द केसीको अनसनको विषयलाई लिएर सांसदहरु विभाजित भएका छन् । बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद उत्तरकुमार ओलीले दुई तिहाई बहुमतको सरकारलाई असफल बनाउन डा. केसीलाई उचालिएको आरोप लगाए । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका सांसदले केसीले उठाएका माग जायज रहेको भन्दै माग सम्बोधन गर्नुपर्नेमा जोड […]

सरकारी निर्णयको चार दिन नबित्दै लियो अनुजाको ज्यान : टिपर आतंक

चितवन भरतपुरकी १८ वर्षीया अनुजा घिमिरे दाइ अनुजसँग कलंकीस्थित ठूलो बुबाको घर जाँदै थिइन् । चितवनमै १२ कक्षाको परीक्षा दिएकी उनी केही समयअघि उच्च शिक्षा पढ्ने अभिलासासहित काठमाडौं आएकी हुन् । तर उनको उच्चशिक्षा पढ्ने अभिलासा त्यतिखेर चकनाचुर भयो, जब उनी सवार मोटरसाइकल दुर्घटनामा पर्‍यो । दाइ अनुजले चलाएको मोटरसाइकललाई सोल्टीमोडमा टिपरले ठक्कर दिँदा उनको […]

संसदीय सुनुवाइ विशेष समिति गठन !

काठमाडौँ –सङ्घीय संसद्का दुबै सदनका सदस्यको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ विशेष समिति गठन भएको छ । संविधानको प्रावधान अनुसार संवैधानिक निकायका पदाधिकारीको नियुक्तिपूर्वको सुनुवाइका लागि समिति गठनको प्रावधान छ । संविधानको प्रावधान अनुसार सोमबारको प्रतिनिधिसभा बैठकले समितिमा रहने १२ सदस्यको मनोनयन गरेको हो । राष्ट्रियसभाबाट प्रतिनिधित्व हुने तीन सदस्य भने गत शुक्रबार नै मनोनित भइसकेका […]

अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी

जुम्ला/काठमाडौं : रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा अनशनरत डा. गोविन्द केसीको मुुटुको चालमा गडबडी देखिएको छ। यस्तो अवस्थामा जटिलता थपिंदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा चिकित्सकहरूले औंल्याएका छन्। डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय […]