प्रहरीले समयमै सुचना पाएर पनि किन बचाउन सकेन निशान खडकालाई ?

प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ ।बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ, आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार […]

देशको राजधानीमै बालिका बलात्कृत !

१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गइ बलात्कार गरेका थिए । बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । […]

कुन कसको मातहतमा,प्रदेशका कार्यालय तोकियो

काठमाडौं । सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ। सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेअनुसार अन्तिम टुंगो लगाएको हो। संघीय सरकारको मातहतमा रहँदै आएका सवारीचालक अनुमति कार्यालय (लाइसेन्स वितरण गर्ने कार्यालय), काठमाडौं बाहिर रहेका संग्राहलय, बाख्रा विकास, मत्स्य विकास, भेटनरी, कुखुरा फर्म, बिउ बिजन प्रयोगशाला, माटो तथा जल परीक्षण […]

७ दिन भन्दा बढी बैठक स्थगित भए अबैध

साउन २०, २०७५ काठमाडौं-चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा […]

लोकतान्त्रिक पद्धति विपरित भएको भन्दै, विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो
नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि

काठमाडौं : शनिबार विवेकशील साझा पार्टीको एक कार्यक्रममा भाँडभैलो भएको छ। प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको हो। पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरित रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाए। नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट […]

काठमाडौ महानगरमा मौँऔलायो भ्रष्टचार, उपहार किन्न ७५ लाख

साउन १८, २०७५ काठमाडौं –काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपिया विनीयोजन गरेको छ । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त […]

आजका पत्रपत्रिकाः बलात्कारपछि २० वर्षीय युवतीको बर्बर हत्या
विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन,प्रधानन्यायाधीश प्रकरणलाई

१७ साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले प्रधानन्यायाधीश प्रकरणलाई प्राथमिकता दिएका छन् । विदेश भ्रमण गरेका १५ सय कर्मचारीमाथि छानबिन हुन लागेको अर्को खबर पनि आजको पत्रिकामा छ । साथै डलरको पछि लाग्दा अमेरिकामा नेपाली असुरक्षित बन्दै गएको, सिक्टा सिँचाइ आयोजनामा खेलाँची भएकोलगायत समाचारले पनि उत्तिकै ठाउँ पाएका छन् । अन्नपूर्ण पोस्ट दैनिकले आज […]

पर्यटन राज्यमन्त्रीलाई डोल्पाबाट राजीनामा गराउने, वामदेवलाई उठाउने

9 साउन, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । डा. गोविन्द केसीको अनशनको २५ औं दिनमा शुरु भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएकोदेखि आफ्नै बोलीले कानून मन्त्रीको पद गुमेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ लेखेका छन् । औषधोपचार तथा आर्थिक सहायताका नाममा पहुँचवाल नेता कार्यकर्ता तथा संस्थालाई रकम […]

सरकारले समितिहरुको रोक्का खाता खोल्न अनुमति

काठमाडौं – यायायात व्यवसायी समितिका खाताको रकम निकासाका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ३५ दिने सूचना जारी गर्दै समितिहरुले खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । समितिले खर्च पेस गरेको विवरणका आधारमा खाताको रकम निकासा दिइने बताएको छ ।  सवारी दुर्घटनामा घाइतेको उपचार, मृतकको राहत, कर्मचारीको तलबसहितको सेवा […]

कर्मचारी समायोजन साउन तेस्रो सातादेखि

काठमाडौं – संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन तेस्रो सातादेखि कर्मचारी समायोजन शुरु गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले साउन १५ मा सूचना प्रकाशनको तयारी गरेको जानकारी प्रवक्ता सहसचिव सुरेश अधिकारीले दिए । आजको कान्तिपुरले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको संख्या यकिन भएपछि मन्त्रालयले […]