पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले  भने, ‘पाथीभराबाट चुहान डाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ […]

बञ्चरेडाँडा फोहर विसर्जनस्थल बन्ने पक्का

काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम सातासम्ममा बोलपत्र आह्वान गर्ने गरी अहिले डिजाइनको काम सकिएको जानकारी दिनुभयो । बोलपत्रको समयसीमा ३५ दिनको रहने र त्यस लगतै काम शुरु […]

नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै झडप,

काठमाडाैँ – नेपाली कांग्रेस भ्रातृ संस्था नेविसंघभित्रको विवादले चर्को रुप लिएको छ। आज पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ। विवादले चर्काे रूप लिएकाे छ। दुई समूहबीच ढुंगा हानाहान भएकाे छ। यसैबीच प्रहरीले लाठी चार्ज गरेकाे छ। पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ […]

देउवा मा राजनैतिक सस्कार छैन : डा शेखर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको जस्तो राजनीतिक संस्कार आफ्नो नभएको बताएका छन्। बुधबार वीरगञ्जमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कोइराला परिवारका नेताहरूको चर्को आलोचना गरेका थिए। उनले पार्टी कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए।  नेताहरूले जथाभावी बोल्दै हिँडेकाले उनीहरूमाथि अनुशासनको कारबाही गर्ने […]

फेसबुक चलाउन पाइन्छ – सञ्चारमन्त्री बास्कोटा

९ फागुन, काठमाडौं । सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारेको छ । तर, सामाजिक सञ्जालका प्रयोगकर्ताहरु पनि मर्यादामा बस्नुपर्ने प्रवक्ता गोकुल बास्कोटाले बताए । मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले प्रस्तावित विधेयकको बचाउ गरेका छन् । केही भ्रम उत्पन्न भएको भन्दै भने, ‘सरकारले अभिव्यक्तिको […]

कोइराला परिवार प्रति देउबा आक्रामक

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चमै कोइराला परिवारमाथि खनिएका छन् । उनले नेता शेखर कोइरालाको नामै लिएर पार्टीमा के हैसियत छ भनेर प्रश्नसमेत गरेका छन् । पछिल्लो समय कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले आफूहरु एक भएको र एक जना सभापतिमा लड्ने बताउँदै आएका छन् […]

पहिलोपटक दौरा-सुरुवाल लगाए बाबुरामले

९ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । १० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री बनेका थिए । देशका अन्य प्रधानमन्त्री तथा मन्त्रीहरुले राष्ट्रिय पोशाक लगाउने गरेका भए पनि अर्थमन्त्री र प्रधानमन्त्रीको उच्च जिम्मेवारी […]

एनआरएनए अमेरिका: कोलोराडो च्याप्टरको अध्यक्षमा नुवाकोटका नवराज न्यौपानेको उम्मेदवारी

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालको लागि कोलोराडो राज्यमा कोलोराडो च्याप्टर बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले आगामी कार्यकालको लागि कोलोराडो च्याप्टरको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकाको कोलोराडोमा बस्ने नवराज न्यौपाने समाजसेवा साथै राजनीति मा सक्रिय युवा हुन् , छोटो समयमा नै सबै बिच परिचित न्यौपाने नुवाकोटमा जन्मेका हुन भने नेपालमा व्यवस्थापन […]

कुन्दन का कुरा ; हैसियत अनुसारको हिस्सा चाहियो

फागुन ६, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन आफ्नो समूहलाई पहिलो हिस्सा दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला नेतृत्वको समूहले माग गरेको छ । सिटौंला निकट विद्यार्थी नेताहरुले वाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई हैसियत अनुसारको हिस्सा दिन माग गरेका हुन् । पत्रकार सम्मेलनमा नेविसंघमा […]

रसुवा बन्ने भयो कांग्रेसमय ,नयाँ शक्तिका प्रदेश सासद र गाउपालिका अधक्ष्य कांग्रेस प्रवेश गर्दै ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश-३ रसुवा का एकमात्र प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ र रसुवा कै आमाछोदिन्ग्मो गाउपलिका प्रमुख बुचुङ तामाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र […]