आधुनिक प्रविधिको प्रयोग गरी सूचना र प्रविधिको प्रयोग गरेर उन्नती तर्फ उन्मुख हुदै विश्वका घटना परिघटना,दृष्य र विश्वमा भएका परिवर्तहरुका साथै विकासक्रमको बारेमा जानाकारी लिएर सूसुचित हुने चाहानालाई मध्यनजर गर्दै हामीले विद्युतीय माध्यममार्फत अभियान खबर अनलाइन पत्रकारिताको सुरुवात गरेका छौं । तपाईंको साथ हाम्रा लागि सारथी सावित हुनेछ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रबाट हरेक निकायले गरेका काम कारवाही र गतिविधिहरुको अध्ययन र अनुसन्धान गरी सत्य, तथ्य, निष्पक्ष र सही सूचना अनलाइन पत्रकारिता मार्फत समय नै आम नागरिक समक्ष प्रस्तुत गर्नु हाम्रो उद्देश्य हो । हामी समाजमा रहेका र हुने गरेका विकृतिको भण्डाफोर गर्दै समुन्नत समाजको निर्माणमा हातेमालो गर्दै आमनागरिकहरुलाई सूसुचित गर्ने उद्धेश्यबाट प्रेरित छौ। देश विदेशमा रहेका नेपाली समुदायका दुःखसुखका पाटालाई समावेश गर्नेछौँ , अनि मुलुकका हरेक गतिविधिलाई निस्वार्थ रुपमा सत्य, तथ्य, निष्पक्ष र सही सूचना पस्कनेछौँ । सत्य, तथ्य, निष्पक्ष र सही सूचना समय नै पाउनु आम नागरिकको अधिकार हो भने उपलब्ध गराउनु हामी पत्रकारितामा समावेश भएकाहरुको दायित्व हो ।