नुवाकोटका २ पुरुषमा कोरोना संक्रमण पुष्टि

नुवाकोट | नुवाकोटका २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | मेघाङ गाउँपालिका-५ सामरीका १८ वर्षका र ३२ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |
उनीहरु भारतबाट सुनौलि नाका हुँदै जेठ १४ गते आएका नुवाकोट आएका थिए | ग्रामसेवा माविको क्वारेन्टाइनमा बसेका ३५ जना मध्ये ८ जनाको परिक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको हो |
उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएसगै उपचारको लागि त्रिशुली ल्याइएको र त्रिशूली अस्पतालको आइसोलेशनमा राखी उपचार थालिएको  जनाइएको  छ |

यसअघि नुवाकोटको ककनी गाउँपालिकाका ३९ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो | उनि उपचारपश्चात निको भएर फर्किसकेका छन् | यो सँगै नुवाकोटमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ |