गाउँपालिकाको निर्णयप्रति किसान बेखुशी

ककनी गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउन एम्बुलेन्सबाहेक अन्य कुनै सवारीसाधन चलाउन नदिने निर्णय गरेको छ ।

गाउँपालिकाले जेठ ५ देखि जेठ १२ गतेसम्म गाउँपालिकाभरि पैदल हिडडुल तथा भीडभाड, सरकारी कार्यालय र संघसंस्थाहरु र सवारीसाधन नचालउन अनुरोध गरेका छन् ।

गाउँपालिकाको यो निर्णयले किसानहरु दुःखी भएका छन् । यतिबेला तरकारी उत्पादन र बिक्री गर्ने बेला हो ।

https://m.facebook.com/story.php?story_fbid=2894265317347048&id=100002908251857

सिलबन्दीले यसपटकको काँक्रो खेतमा नै कुहिएर गएको ककनी- ७ चतुरालेका किसान भिमबहादुर तामाङले गुनासो सुनाए । त्ययसैगरि चाउथे  वडा नं  ३ का किसान पनि दुखि छन् ।आफुले चुनेकाे वडाले आफ्नै हितमा काम नगदा दुख लागेकाे बताउछन्।  गत बष काँक्रोबाट करिब साबिक चाउथेमा २०लाख  रुपैयाँ आम्दानी भएकाे अहिले सबै बारिमा कुहिएकाे छ। महामारी र निरन्तर बर्षिएको पानीले जोगिएका तरकारी धेरै किसानले पनि काठमाडौ लैजान पाएका छैनन् । ककनी गाउँपालिकाले सिल लगाएपछि गापाका किसानहरूले आ-आफ्नो उत्पादन बजारमा लैजान नपाएका हुन् ।

किसानलाई मारमा पर्ने गरी किन सिल गरिएको भनी पालिका अध्यक्ष मानबहादुर लामालाई प्रश्न गर्दा काठमाडौ जिल्लासँग जोडिएको गाउँपालिका भएकोले गापाभित्रका कुनै नागरिक कोरोनाबाट संक्रमित नहोस् भन्नाका लागि सिल गरिएको बताए । तर किसान र मजदुर मारमा परे त भन्ने अर्को सवालमा कोही नागरिक कोभिडले नमरुन्, स्वास्थ्य नै महत्वपूर्ण रहेको अध्यक्ष लामाले जानकारी दिए ।

 

यही कडा बन्दाबन्दी मामलामा वडा नं. ५, ६, ७ र ८ का वडाध्यक्षहरु रामबहादुर लामा, गोपाल लामा, पुष्कर बोगटी र शेषमान लामालाई जानकारी नभएको बताए । 

फाेहाेरकाे कारणले गदा ककनि वडा १/२/३ का वडा अध्यक्षहरूले वाटाेमा अबराेध गरेका थिए जसकाे कारणले स्थानिय किसानको उत्पादन, खाद्यान्न र ओखतीजन्य सामग्री ओसारपसार गर्न असहज पैदा गरेका छन्।

 

वडा नम्बर २ निवासी नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति अर्जुनप्रसाद न्यौपानेले रोगले भन्दा भोकले जनता मर्न दिन नहुने बताए । उनले थपे उत्पादित सामग्री बजारमा लैजान व्यवस्थापन मिलाउन पालिका कार्यसमितिलाई आग्रह गर्दछु ।

यसैगरी ककनी नेकपा इन्चार्ज जीतबहादुर बलामीले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा कडाइ गर्दै दूध र तरकारीजन्य सामग्री बजारमा पुर्याउन पाउनुपर्ने उल्लेख गरे ।

नेपाली काँग्रेस ककनी गाउँ कार्यसमितिका सभापति सुपोल तामाङ (अशोक) ले सिल लगाउने जस्तो गम्भीर बिषयमा एकल निर्णय गरेको प्रति आपत्ति जनाए । उनले किसानको उत्पादन जबर्जस्त नोक्सान पारेकोमा गापाले क्षतिपूर्ति दिलाउनुपर्ने माग गरे ।

त्यस्तै नेकपा ककनीका सचिव योगेन्द्र तामाङले सबै सरोकारवालासँग छलफल नगरी ल्याएको निर्णयप्रति आपत्ति जनाउँदै निरंकुशताको संकेत दिएको बताए । उनले थपे गापाले अभाव र आधार खोज्ने वास्तविक मजदुर र किसानलाई तत्काल व्यवस्थापन गर्नुपर्ने बताए ।

नेकपा का नेता नमराज ढुङगाानाले फाेहाेरकाे निउमा जनतालाई दुख दिने र आवज जवतमा दुख दिने  काम राामाे हाेईन्।हलाे अड्काएर गाेरूलाई कुट्ने काम नगन वडा अध्यक्षलाई अनुराेध गरे।

बाणिज्य विभागबाट भने सबै प्रकारका खाद्य वस्तु, पशुपन्छीजन्य आहार, तरकारी, फलफूल, दुध तथा दुध्ग्धजन्य पदार्थ, निर्माण सामग्री बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्ने बताएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि कोभिड- १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समितिको निर्णयानुसार पालना गर्दै दैनिक उपभोग्य खाद्यवस्तु उत्पादन गर्ने उद्योग, पशुपन्छीका दाना उत्पादन गर्ने उद्योग तथा इटा भट्टा संचालन, उद्योगधन्दा, निर्माणका आयोजनाहरु संचालनमा अवरोध नगर्ने बताएको छ ।