नेपालटाररमा राँके जुलुस निकाल्ने नेविसंघका ९ कार्यकर्तालाई प्रहरीले पक्रियो

काठमाडौं, वैशाख ३० । भारतद्वारा नेपाली भूमि लिपुलेक अतिक्रमणको विरोधमा मंगलबार साँझ नेपाल विद्यार्थी संघले काठमाडौंकाे बालाजुमा राँके जुलुस निकालेको छ ।

राँके जुलुस निकाल्नेक्रममा विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ। साे क्रममा नेबिसंघका नेता मनीष जंग थापा , दिपेश थापा, परोपकारअधिकारी,प्रभाकर ढुंगाना,सन्तोष अधिकारी,राजकुमार भट्ट, सुसान्त सिटौला,चन्द्र राउत,अनिश राज बस्नेत लगायत १० जना पक्राउ गरि बालाजु प्रहरी वृतमा राखेको छ ।

विभिन्न दल आवद्ध विद्यार्थी संगठनले सीमा अतिक्रमणको विरोध गर्दै आएका छन् ।