गुणस्तरहीन भन्दै स्पेनले फिर्ता गर्‍यो चिनियाँ परीक्षण किट्स

काठमाडौँ — कोरोना परीक्षणका लागि चीनमा उत्पादित जाँच किट्स मेसिन ३० प्रतिशत मात्र पहिचान गर्नसक्ने र गुणस्तरहीन भएको भन्दै स्पेन उक्त किट्स फिर्ता गरेको छ । स्पेनी सरकारले ५८ हजारवटा चीनमा बनेका टेस्ट किट्सहरु फिर्ता गरेको हो ।

स्पेनमा कोरोना भाइरसको महमारी फैलिँदै गइरहेको छ। हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन्। संक्रमण रोक्न परीक्षणको दायरा बढाउनुपर्ने हुन्छ। स्पेनले चीनसँग र्‍यापिड टेस्टिङ किट र अरु सामग्रीहरु मागेको थियो। यही हप्ता स्पेनी सरकारले ३९० मिलियन पाउन्ड र्‍यापिड टेस्टिङ किट र अरु सामग्री जस्तै मास्क, पञ्जा अनि पर्सनल प्रोटेक्टिभ इक्यिुपमेन्ट(पीपीई) मा खर्च गर्ने घोषणा गरेको छ।

चीनमा बनेका किट्सहरु स्पेनी सरकारले केही हप्ता अघि ल्याएको थियो। तर ती किट्सहरु गुणस्तरीय नभएको पाइएको हो। चीन सरकारले भने उक्त किट्सहरु आफ्नो सूचीमा भएको आधिकारिक कम्पनीले निर्माण नगरेको स्पष्टीकरण दिएको छ।

बिहीबार विज्ञप्तिमा बताइएअनुसार स्पेनको स्वास्थ्य मन्त्रालयले किट्स फिर्ता पठाउने बताएको हो। तर ती किट्सहरु सिधै चीनबाट चिनियाँ निर्माताबाट नल्याएको उल्लेख गरेको छ। स्पेनमा रहेको सप्लाइ कम्पनीबाट चीनका ती सामग्रीहरु खरिद गरिएको थियो।

मन्त्रालयले सुरुमा टेस्ट किटबाट म्याड्रिडको अस्पतालमा परीक्षण गरिएको र पछि अरु स्वास्थ्य संस्थामा दिइएको बताएको छ। ‘केही समयपछि नै उक्त किट्सहरुको गुणस्तर ठीक नभएको पत्ता लागेको थियो। र त्यसलाई फिर्ता गरिएको हो। आपूर्तिकर्तासँग सम्पर्क भइसकेको छ त्यसको सट्टामा अरु किट्स दिनेछ,’ मन्त्रालयले भनेको छ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा उक्त सामग्रीहरु ग्वानडोङ प्रान्तको सान्जेन बायोइजी बायोटक्नोलोजी कम्पनीले निर्माण गरेको उल्लेख छ। हालै स्पेनी अधिकारीहरुले करिब ६ लाख ५० हजार र्‍यापिड टेस्टिङ किट वृद्धाश्रम र मेडिकल स्टाफहरुलाई बाँडिरहेका छन्।

नेपालमा परीक्षणका लागि रिएजेन्ट मगाइँदै
विश्व स्वास्थ्य संगठनले जति धेरै परीक्षणको दायरा बढायो त्यति नै कोरोना भाइरस(कोभिड –१९)को नियन्त्रण प्रभावकारी हुने बताउँदै आएको छ। धेरैभन्दा धेरै परीक्षण गर्नका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट रिएन्जेट्स मगाएको छ।

रिएजेन्ट आएपछि परीक्षण दायरा बढाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन्। यद्यपि केही सामग्री भने तिब्बत सरकारले ‘निर्यातयोग्य’ नरहेको आशंका गर्दै उतै रोकिदिएको छ। तर नेपाल एयरलाइन्सले भने चीनको ग्वान्झाउबाट केही