क़ैदीबन्दीलाई रिहाई को माग !

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवारकैदी रिहा गर्ने भने पनि ठोस निर्णय नलिदा कैदीहरु त्रासिद कैदी जिबन बिताईरहेका छन् ।

नुवाकोटमा अहिले १ शय ५० जना कैदीहरु रहेका छन । १ शय ३३ जना पुरुष र १७ जना महिला मध्य ५ जना जेष्ठ नागरिक समेत रहेका छन् । नुवाकोटका जेलर दुर्गा वाग्लले जेलमा संक्रमण फैलिन नदिन आफन्त संग भेटघाट बन्द गरेको, सामान खरिद गर्न समेत नाईके वा सुरक्षाकर्मी बाहिर जान बन्द गरेको,सुरक्षाकर्मीलाई समेत अतिआवश्यक काम बाहेक अरु बेला बाहिर जान बन्द गरेको, बाहिर बाट आउदा वा जादा सुरक्षा अपनाइर आउने जाने गरेको बताएका छन् ।

सरकारले सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा र कैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको थियो ।त्यसको निर्णय १ हप्ता बित्दा समेत गर्न नसक्दा कैदी हरु त्रासित हुन पुगेका हुन् । कोरोंना संक्रमित देश हरूमा क़ैदी बन्दी हरू धमाधम छोड़ीरहदा नेपाल माँ भने समन्धित निकाय को ध्यान जान नसक्दा बन्दी र उनिहरु को परिवार माँ तनाव उत्पन्न हूँन थालेको छ । क़ैदी बन्दी हरू को जीउ ज़्यान को सुरक्षया का निम्ति सरोकार वाला ले बेलैमाँ ध्यान दीइ उनिहरुको मानवअधिकार को पाटो को पनी ख़्याल गर्न सरोकार वाला हरू ले सरकार समक्ष मॉग गरेका छन ।