नेकपा रसुवाका ५० कार्यकर्ताद्वारा पार्टी परित्याग

रसुवा — नेकपा रसुवाका ५० जनाले पार्टी परित्या गरेका छन् । खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका हुन् ।

 

नेकपामा आबद्ध जिल्ला खेलकुद विकास समिति रसुवाका पूर्वअध्यक्ष तेम्पासिंगी तामाङ सहित ५० जनाले पार्टी परित्याग गरेका हुन्।

खेलकुद विकास समितिमा सहमतिबेगर नयाँअध्यक्ष नियुक्त गरेको भन्दै तामाङ सहित ५० जनाले प्रेस विज्ञप्तिजारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

तामाङलाई नै अध्यक्ष पदमा पुनर्बाहली गर्ने सहमति भएकोमा अन्तिममा आएर धोका दिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। तामाङले २०७२ सालदेखि हालसम्म जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा रहेर काम गरेका थिए।

दावा तामाङ जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा चयन भएका छन्। पूर्वअध्यक्ष तामाङ पार्टी कार्यसमिति सदस्य२०६५ सालमा युवा संघ रसुवजाको अध्यक्ष२०६७ सालमा युवा संघ नेपालको केन्द्रियसदस्य तथा युवा संघ नेपालको पश्चिम वागमती सचिव भएका थिए। मागको सुनुवाइ नभए आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।