ओली ज्ञानेन्द्रभन्दा बढी खतरनाक भए, अब संसदमा प्रतिरोध हुन्छ : गगन थापा

तनहुँ — नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको आरोप लगाएका छन् ।

‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक देखिएका थिएनन्। शाही शासनभन्दा ओली शासन खतरनाक छ। शाहीकालमा ज्ञानेन्द्र राजाले कानुन नबनाएर उल्लंघन गरेको मात्र हो। तर, केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै छन्।’

Meroghar

दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको उनको आरोप थियो।

तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा थापाले जनताबाट निर्वाचित सरकारले एकपछि अर्को कानुन बनाएर कानुनका आधारमा सबै अधिकार खोसेर लैजाने तयारी गरिरहेको आरोप लगाए। जनताको अधिकार खोस्ने सरकारको तयारीलाई कांग्रेसले संसदमा रोक्ने पनि उनले चेतावनी दिए। ‘जनताको अधिकार खस्ने खोजे कांग्रेसले विरोध मात्र गर्दैन’, उनले भने, ‘प्रतिरोधसमेत गर्छ।’

संसद र सडकको शक्तिलाई एकाकार गरेर जनताको हितविपरीत कानुन बन्न नदिने उनले चेतवानी दिए।