ग्राण्डीद्धारा १०५ बर्षीय बृद्धको निःशुल्क उपचार

स्वास्थ उपचारको लागी स्वदेशको आर्कषक गन्तब्य बन्दै आइरहेको राजधानीको धापासीस्थीत ग्राण्डी इन्टरनेशनल अस्पतालले १०५ बर्षीय एक बृद्धको निशुल्क उपचार गरेको छ ।

प्रतिकुल मौसम र बढ्दो चिसोसंगै काठमाण्डौ बल्खुमा बसोबास गर्दे आएका १०५ बर्षीय बृद्ध गणेश बहादुर अधिकारीेको बिगत ८ बर्षदेखि दुबै घुडामा समस्या रहेको थियो । गत बर्ष यता सहनै नसक्ने गरी दुखाइ हुदै आएको बिरामी अधिकारी ले बताउनु भयो ।
अस्पतालका मेडिकल डाइरेक्टर एब बरीष्ठ हाडजोर्नी तथा नसा रोग बिषेषज्ञ डा. चक्रराज पाण्डे नेतृत्वको टिमले उहाको उपचार गरेको हो । घुंडा खिइने समस्याबाट ग्रसित अधिकारीले ग्राण्डी अस्पतालले बृद्धहरु प्रति गरेको सम्मान एब उपचार प्रति प्रशन्नता ब्यक्त गरे ।

अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले १०५ बर्षीय बृद्धको उपचार गर्न पाउनु सौभाग्य रहेको बताउनु भयो, साथै डा पाण्डेले आगामी दिनहरुमा पनी बृद्धबृद्धाहरु लगायत आम बिरामीको उपचारमा ग्राण्डी अस्पताल सदैब संबेदनशिल रहेको बताउनु भयो ।