नारी आवाज-डिल बहादुर लामा

महिनावारी प्रकृतीको रित हो भन्दाभन्दै।

परिवार नै ओझेलमा छन् सबै जान्दाजान्दै।

के भनौ खै रुढीबादी होकि चलन चल्ती।

सुधारेर लानुपर्छ समाजको गल्ती।

२१ औ शताब्दीको जमानालाई हेरि।

राम्रा कुरा जोगाउनुछ पुरानालाई फेरि।

कहिले आगो लागिएर कहिले सर्प डसि कति मरे कति घाइते छाउपडमै बसि।

छाउपडमै राख्दा गयो अकालैमा ज्यान।

यस बिरुद्ध कहिले जाने सरकारको ध्यान।

यी र यस्तै परम्परा बिरोध गर्नैपर्छ।

नारी आवाज बुलन्धमा अघि सार्नैपर्छ।

लेखक:-डिल बहादुर लामा

बेलकोटगढी न.पा.-४ दियाले,नुवाकोट