तरुण दल नुवाकोटले दुई दिने प्रशिक्षण गर्ने

नुवाकोट नेपाल तरुण दल नुवाकोट क्षेत्रिय कार्य समिति १ ले दुइ दिने प्रशिक्षण कार्यक्रम नुवाकोटको ककनीमा गर्ने भएको छ ।

मसिर १८ र १९ गते हुने कार्यक्रममा डा प्रकाश शरण महत, डा रामशरण महत ,अर्जुन नरसिंह केसि,धनराज गुरुङ,बद्री पान्डे बहादुर सिह लामा,उदय सम्सेर राणा,पुरुसोतम दाहाल,प्रमोद हरि गुरागाइ,राजु नेपाल,डा गोबिन्द पोखरेल र डा उद्दव प्याकुरेल लगायता नेता कार्यकता सहभागि हुने तरुण दलका साबिक क्षेत्र १ अध्यक्ष यदुमान लामाले अभियान खबरलाई बताए ।

प्रशिक्षणमा समसामयिक राजनीतिक समिक्षा, तरुण दलको संरचनागत संगठन तथा भावी रणनीतिलगायतका विषयमा छलफल हुनेछ । कार्यक्रममा साबिक क्षेत्र १ का ४५ वडाबाट ३ -३ जना, महिला १ जना अनिवार्य उपस्थितिका लागि परिपत्र गरिएको अध्यक्ष शरणलेलेले बताएका छन् । चुनावमा पार्टीले बेहोरेको हारको विषयमा पनि छलफल हुने अध्यक्ष शरण घलेलेले जानकारी दिए । चुनावपछि नुवाकोटमा नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितिमा तरुणहरूलाई थप एकताबद्ध र संगठनलाई सुदृढ बनाउन प्रशिक्षण आवश्यक भएको उनले बताए । प्रशिक्षणमा पार्टीका नेता तथा अन्य बुद्धिजीवीहरूले प्रशिक्षण दिनेछन् ।