नुवाकोटकी चेलीले सागमा स्वर्ण पदक जितीन

नुवाकोट थप्रेक घर भएकी कराँतेकी अनु अधिकारीले सोमबार १३ औ‌ं सागको पहिलो दिन ५० केजी तौल समूहमा स्वर्ण जितिन्। त्यो पनि विपक्षीलाई १ अंक नदिई। अनुले फाइनलमा श्रीलंकाकी डन टुउलुलाई ८-० हराउँदै नकआउट पारिदिइन्। ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी अनुले सेमिफाइनलमा समेत बंगलादेशका खेलाडीलाई ८-० ले नकआउट गरिन्।

र्थात् उनी विरूद्ध दुवै देशका खेलाडीले अंक जोड्न सकेनन्। त्यसो त सन् २०१६ मा भएको १२ औै सागमा भारतले कराँते खेल समावेश नगरेपछि अनु खेल्नबाट बञ्चित भएकी थिइन्। ११ औँ सागमा रजत जितेकी , कराँतेको फाइट ३ मिनेटको हुन्छ, एक सकेण्डमा खेल पल्टिन सक्छ ।