मन्त्रिमण्डल पुनर्गठनः को–को बने मन्त्री ? (सूचीसहित

 बुधबार राति मन्त्रिमण्डल पुनर्गठन भएकाे छ । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान सपथग्रहणको कार्यक्रम राखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन् ।  

 हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । 

त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।

यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन् । यसअघिका मन्त्री गोकर्ण विष्ट हटाइएका छन् । 

यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको पनि ओली क्याबिनेटबाट बिदाइ भएको छ । 

यस्तै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।  

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः यद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएको उल्लेख गरेका छन् । 
 

कस कसले गुमाए मन्त्री पद?

मन्त्री पद गुमाउनेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’, उद्योग मन्त्री मातृका यादव, श्रम मन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, महिला बालबालिका मन्त्री थममाया थापा, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री राजकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव रहेका छन्। यादव समाजवादी फोरमबाट राज्यमन्त्री बनेक ाथिए। 

ओलीले बुधबार अबेर मन्त्रिपरिषद् केही मन्त्री नयाँ मन्त्री थपेका छन् भने केही मन्त्रीको मन्त्रालय हेरफेर गरेका छन्।

सत्ता साझेदार समाजवादी फोरमका कार्यकारी अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थयबाट हटाइएको छ। उनलाई कानुन मन्त्री बनाइएको छ भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ।