अदालतले पठायो आलमलाई थुनामा

१२ वर्षअघि भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट गराएर मान्छे मारेको अभियोग लागेका कांग्रेस सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको छ।

८ दिन लामो थुनछेक बहस सुनेपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको आलमका पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने।

अब अदालतले सरकारी साक्षी र आलमका साक्षीहरूको बयान लिने छ। मुद्दाको मूल विषयमा पनि बहस हुने छ। त्यसपछिमात्रै आलमको मुद्दामा अदालतले फैसला गर्ने छ।

यी सबै प्रकृयाको कहिले हुन्छन् भने यकिन मिति भने हुँदैन।