अमेरिका जाने हो ? लाग्यो नयाँ नियम

काठमाडौं । अमेरिका जान डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नयाँ नियम लगाउन थालेको छ । अमेरिकाले अब भिसा आवदेन दिन नै आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण समेत पेश गर्नुपर्ने नयाँ सर्त तेस्र्याएको छ ।

अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस गर्नुपर्ने नयाँ नियम जारी गरेको हो ।

Social media apps on a phone

गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो ।

यो नियम सर्वसाधारणलाई अनिवार्य गरिए पनि केही  कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदाका बेलामा नै जानकारी पेश गर्नुपर्ने छैन ।

काम गर्न तथा अध्ययन गर्नका लागि जान चाहनेले भने सम्पूर्ण जानकारी भिसाको निवेदनकै बेलामा पेश गर्नुपर्ने छ ।

  • सुरक्षाको हवाला दिँदै अमेरिकाले नयाँ नियम लगाएको हो ।