कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारी निलम्बनमा

 ह्याकरसँग मिलेर रकम चोरीमा संलग्नताको आशंका बढेपछि कृषि विकास बैंक लहान शाखाका सबै कर्मचारीलाई निलम्बन गरेको छ ।
अनुसन्धान गर्न कृषि विकास बैँकले लहान शाखाका सबै कर्मचारीहरुलाई निलम्बन गरिएको उपप्रबन्धक दिर्घ अर्यालले बताउनुभयो । उहाँका अनुसार कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको छ ।
कृषि विकास बैंकको ह्याकर प्रकरणमा ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको प्रष्ट्याइएको छ । चोरिएको सबै रकम शाखाको ब्याज आम्दानी भएको उपप्रबन्धक अर्यालको भनाई रहेको छ ।
बैंकका कर्मचारीसँग मिलेर रुपैया चोरी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरीसकेको छ ।