समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

आलोक यादव सिरहा अशोज ४ गते ।

जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तरगत “विष सेवन गरी आत्महत्या तथा विषादी विक्रि वितरण नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम” संचालन गरीयो थियो । सिरहाका सम्पुर्ण विषादी वेचबिखन गर्ने विभिन्न संघ सस्था तथा सहकारी सस्थाका संचालक तथा प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा विष सेवन गरी बढ्दो आत्माहत्या तथा विषादी विक्रि वितरण गर्दा कस्ता खालका विक्रेताहरुलाई विक्री वितरण गर्ने हो, विषादीको भण्डारण कसरी सुरक्षित तवरले गर्ने भन्ने सम्बन्धमा प्रमुख अतिथी तथा जि.प्र.का सिरहाका प्रमुख प्र.उ. उमा प्रसाद चतुर्वेदिले विभिन्न जानकारी दिनु भएको थियो ।

करीव ६० जना विषादी विक्रेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रम १३:०० बजे देखि सुरु भई १५:०० बजे समाप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी अपिल राज बोहराले जानकारी दिनु भयो ।