बिश्वकर्मा पुजा गरिँदै

काठमाडौं, १ असोज । आज असोज एक गते, विश्वकर्मा पुजा पनि मनाइँदैछ । बुधबारको दिनलाई बास्तु दिवसका रुपमा पनि मनाउने गरिन्छ ।
विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पुजाबुधबारा गरी बिश्वकर्मा पूजा मनाउने गरिन्छ ।

खासगरी कलकारखानामा विश्वकर्माको मुर्ति राखि भजनर्कितनका साथ धुमधामका साथ पुजा गर्ने चलन छ ।
विश्वकर्मा पुजा गरे सफलता मिल्ने र औजारबाट कुनै हानीनोक्सानी नहुने विश्वास छ । नेपालका मध्य तराईका जिल्लाहरुमा बिशेष गरी विश्वकर्मा पूजा मनाईन्छ ।

यसैगरी, सुदुरपश्चिममा विजय उत्सवको रुपमा मनाउने बुढीपोल्ने पर्ब बुधबार धुमधामका साथ मनाईदै छ ।
प्रत्येक बर्ष असोज सँक्रान्तिका दिन बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व मनाईन्छ ।

द्वावापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाचेको खुसियालीमा यो पर्व मनाईने गरीएको स्थानियको भनाई रहेको छ । यस पर्बमा रातभरी देउडा खेल्ने, भुवा खेल्ने चलन छ ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।