ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी

हरीले ज्ञानेन्द्र शाहीलाई मुद्दा चलाउने तयारी गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले आफूलाई शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी थालेको हो।

शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो। पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

तर, शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसुर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको हो। परिसर प्रमुख टेकबहादुर राईका अनुसार उनलाई अभद्र व्यवहारमा सोमबार अदालतबाट म्याद लिएर कारबाही थाल्ने प्रहरीको तयारी छ।

‘प्रहरीमाथि उहाँले अभद्र व्यवहार गर्नुभएको हुनाले मुद्दा चलाउने तयारी गरिएको हो,’ राईले भने।

शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए।

सोही विषयमा आइतबार शाहीले पुल्चोकमा पत्रकार सम्मेलन राख्दा घम्साघम्सी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।