तपाईको आज (भाद्र २८ गते) को राशिफल वि.सं. २०७६ भदौ २८ शनिबार (इ.स. २०१९ सेप्टेम्बर १४)

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । परिस्थितिवश आफ्नो कर्मफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्न सक्छ। खर्च लागे पनि पछिका लागि लगानी गर्ने समय छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । जिम्मेवारी भने बढिरहनेछन् । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ । तर सोचेको उपलब्धि नहुन सक्छ । अरूका लागि उपयोग भइने सम्भावना छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ । व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला, साँझदेखि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला । निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ । भौतिक सुविधाले खर्च निम्त्याउला । बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा सामान्य समस्या सुल्झाउन सकिनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ईष्र्यालु मन भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । साँझतिर स्थितिमा सुधार आउनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । अतिथिको रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ । साँझदेखि गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला । हल्लाको पछि लाग्दा दुःख पाइनेछ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि तथा पशुधनले फाइदा दिलाउनेछ । साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ ।

धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ । पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ । आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ । आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला । साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ । सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । साँझदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । नयाँ काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । टाढाका साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ । साँझदेखि नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । वि.सं. २०७६ भदौ २८ शनिबार (इ.स. २०१९ सेप्टेम्बर १४)
तपाईको