नेविसंघमा नयाँ नेतृत्व ल्याउनेबारे सभापति देउवाले गरे यस्तो खुलासा

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबाहादुर देउवाले केही दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउने दाबी गरेका छन् । अछाम–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित जय नेपाल स्मारिक विमोचन तथा दशै, तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले सहमतिको खोजि गर्दा नेविसंघमा नेतृत्व ल्याउन ढिला भएको बताए । 

सांसद रामबहादुर विष्टले ६ महिनादेखि नेविसंघमा नेतृत्व किन आउन सकेन भन्ने प्रश्नको जवाफ दिँदै  उनले भने, ‘ पार्टीभित्र कुरा मिलाउन खोख्दा केही ढिलो भएको हो । अब कुरा मिलोस् नमिलोस्, सहमति होस् नहोस् । २–४ दिनभित्र नेविसंघमा नयाँ नेतृत्व आउँछ । बस म यति भन्छु ।’

यस्तै फरक प्रसंगमा सभापति देउवाले केपी ओली सरकारले संविधानको मर्म एवं भावनाविपरीतका कानुन ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दाका अहिले परिणाम देखिएको बताए । 
 उनले भने, ‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ, सरकार बदलिने कुरा ठूलो होइन । कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ । तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ । जसले परिणाम सरकार प्रणाली बचान काँग्रेससँग गुहार माग्ने अवस्थामा पुगेको छ ।’

यस्तै सह–महामन्त्री प्रकाशशरण महतले केही दिनअघि काँग्रेस कहाँ छ भन्नेहरु आज गुहार मागने अवस्थामा पुगेको बताए  । उनले भने, ‘केही दिन अघि कहाँ छ काँग्रेस भन्ने केपी ओली अहिले आफ्नो असफलता ढाकछोप गर्न काँग्रेससँग हारगुहार मागि रहेको अवस्था छ ।’ नेता एनपी साउँदले  सरकार पूर्णरुपमा असफल भएको दाबी गरे ।  नेता साउदले सरकार दुईतिहाइको दम्भ देखाएर संवैधानिक आयोगका प्रमुखलाई तर्साइरहेको